विपिन जाेशीको शव नेपाल ल्याइँदै
काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ। दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
जोशीको शव काठमाडौं आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धाञ्जली दिने भएकी छन् । विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ ।
गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आकस्मिक आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही आक्रमणपछि हमासको कब्जामा परेका विपिन जोशीको पनि निधन भएको पुष्टि भएको थियो ।

.gif)