चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु
काठमाडौं । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको मृत्यु भएको हो । कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन् ।
सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
कार्कीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ।






