sevenstartv.com २७ मंसिर २०८२, शनिवार

सर्पको डसाइबाट १० वर्षीय बालकको मृत्यु

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्पको डसाइबाट अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो ।

राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । 

उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्