sevenstartv.com २७ मंसिर २०८२, शनिवार

झापामा तीन बालिकाको खोलामा डुबेर मृत्यु

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्