sevenstartv.com २७ मंसिर २०८२, शनिवार

चितवनमा फूल आयात रोक्न माग

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडाैं ।  जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।

एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे । उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ ।

आयातित फूलमाला रोक्न व्यावसायीको सक्रियता आवश्यक रहेको छ । आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्रीवितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्