sevenstartv.com २७ मंसिर २०८२, शनिवार

विश्व खाद्य दिवस मनाइँदै

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो ।

यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पुग्ने जनाइएको छ । 

दिवशका अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थासँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ । विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्