sevenstartv.com २१ मंसिर २०८२, आइतवार

धनकुटामा बस दुर्घटना : दुई जनाको मृत्युु

२९ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ३० जना सवार थिए । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्