खुल्यो बीपी राजमार्ग
काठमाडौं । चौकीडाडा-बर्खेखोला-नेपालथोकसम्म करिब चार किलोमिटर डाइभर्सन निर्माण भएसँगै बीपी राजमार्ग एकतर्फी सुचारु भएको छ । ट्रयाक खुलेसँगै उक्त खण्डमा फसेका सवारी पास भइसकेको सडक डिभिजन कार्यालयले जनाएको हो । ट्रयाक राम्रोसँग सेट नभइसकेकाले आज रातभर पुनः काम गरेर भोलिदेखि निर्बाध रूपमा सडक सुचारु हुनेछ । गत वर्ष भने आठ किलोमिटर सडकमा पुगेको क्षति पछि सडक सुचारु गर्न १५ दिन लागेको थियो ।
गत वर्ष क्षतिग्रस्त बनेको २२ किलोमिटर खण्ड मध्ये बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीनखण्ड यसअघि नै संचालनमा छ । यस वर्ष क्षति भएको कबिर ४ किलोमिटर नेपालथोक–धुलिखेल खण्ड पनि संचालनमा आएकाले अब कतै बाधा छैन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यस खण्डको स्थलगत निरीक्षण गरी द्रुत गतिमा काम गर्न निर्देशन दिएपछि बिहीबार रातको समयमा समेत काम भएको थियो ।
गतवर्षको असोजमै आएको बाढीले नेपालथोकदेखि चौकडाँडासम्मको २२ किलोमिटर सडक मध्ये आधाजसो रोशीखोलाले बगाएको थियो । तीन खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लागिसकेको छ ।

.gif)