sevenstartv.com २७ मंसिर २०८२, शनिवार

जेनजी आन्दोलनका शहीद विनोदको परिवारलाई ललितपुर महानगरले गर्‍याे आर्थिक सहयोग

२४ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ललितपुरका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शुसासन र भ्रष्टाचार अन्त्यको माग राख्दै युवाहरुले भदौं २३ गते प्रदर्शन गरेका थिए ।

ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी पाँच लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो । महानगरको असोज १० गते बसेको बैठककले शहीद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले शहीद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए ।

जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरुको ज्यान गएकोमा दुख व्यक्त गर्दै ललितपुर महानगरको लागि विनोदको निधनले अपुरणीय क्षति भएको बताए । विनोद महानगरको वडा नं.७ का बासिन्दा हुन् । परिवारजनलाई धैर्य धारण गर्न अनुरोध गर्दै कलाकार समेत रहेका विनोद मूर्धन्य व्यक्त भएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

विनोद महर्जनकी दिदी विना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपुरणीय क्षति भएकोमा दुख व्यक्त गरिन् उनले विनोदको सम्मान र सम्झनाका लागि शालिक निर्माण गर्न महानगरलाई अनुरोध गरिन् । आर्थिक सहयोग गरेकोमा उनले महानगरलाई धन्यवाद दिइन् । महानगरका प्रवक्ता राजु महर्जनले उहाँको अमूल्य जीवनको अगाडि यो आर्थिक सहयोग नगण्य भएको बताउँदै उहाँको सम्मान स्वरुप सहयोग गरेको बताए । कार्यक्रममा विनोदकी आमा लटमाया महर्जन, दिदी विन्दु महर्जन र दाइ काजीरत्न महर्जन उपस्थित थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्