sevenstartv.com २२ मंसिर २०८२, सोमवार

हिमपातले न्यालु सडक बन्द

२४ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ ।  नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा आन्तरिक पर्यटक अलपत्र छन् ।

न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने बताइएको छ । 

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्