आजको मौसम, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडाैं । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने भएकाे छ ।
दिउँसाे कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

.gif)