sevenstartv.com २९ कार्तिक २०८२, शनिवार

एमाले सचिवालय बैठक बस्दै

१२ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने भएको हो । 

जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ । सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेन जी युवा आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे समीक्षा गरी आवश्यक निर्णय लिइने बताए । २३  र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्