sevenstartv.com २७ मंसिर २०८२, शनिवार

नेपाल प्रहरीमा खुल्यो भर्ना

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले  असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।

888

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्