sevenstartv.com २७ मंसिर २०८२, शनिवार

मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।

विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।

सडक खुलेसँगै अहिले चितवन, काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्