sevenstartv.com २७ मंसिर २०८२, शनिवार

अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आज

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आज अन्तरराष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदै छ । 

सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो। यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो । राष्ट्रसंघका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । 

यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई हतियारको पूर्ण उन्मूलनको लागि प्रतिबद्ध हुन आह्वान गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्