sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आज यी प्रदेशमा वर्षाको सम्भावना

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।
 
दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्