sevenstartv.com २७ मंसिर २०८२, शनिवार

चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु

९ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । राति करिब २ बजेतिर चट्याङ लागेर मदाने(५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ ।  घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्