sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आजको मौसम, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

९ असोज २०८२, बिहिवार स्टार संवाददाता
काठमाडाैं । देशभर साधारणतया बदली रहनेछ ।
 
दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
राती  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।                                                                 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्