sevenstartv.com २७ मंसिर २०८२, शनिवार

काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने

८ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँमा फोहोर सङ्कलन नगर्ने भएको छ । 

नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत आफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थलसमेत बन्द रहने भएकाले काठमाडौं महानगरपालिकाले असोज १४, १५ र १६ गते फोहोरमैला सङ्कलन नहुने जानकारी गराएको हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त तीन दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह गरेको छ । 

यस अवधिमा जथाभावी सडकमा वा सार्वजनिक स्थानहरूमा फोहोर नफाल्न समेत महानगरले अनुरोध गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्