काठमाडौं ।चर्चित नृत्यांगना सीता सुवेदीको निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सर पीडित उनको ४० वर्षको उमेरमा निधन भएकाे हाे ।
त्रिवि शिक्षण अस्पतालमाउपचारकाे क्रममा बिहान साढे ६ बजे निधन भएकाे बताइएकाे छ । उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ । उनलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नु परेको थियो ।
उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट-लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।

.gif)