sevenstartv.com २७ मंसिर २०८२, शनिवार

नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।

गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध(२ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।

नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं।को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्