कांग्रेस केन्द्रीय कार्यालय सरसफाइ सुरू
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले पार्टी केन्द्रीय कार्यालय सरसफाइ सुरु गरेका छन् । तरुण दल, नेपाल विद्यार्थी सङ्घसहितका भ्रातृसंस्थाले पार्टी कार्यालय सफाइ सुरु गरेका हुन् ।
भूकम्पको बेला प्रयोग गरिएका निर्माण सामाग्री कवचहरू जावेल ,साबेल ,फोहोर बोक्ने कराई ,स्वयंसेवक निलो ज्याकेट ,पन्जा, हेल्मेट सरसफाइ कार्यक्रम सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टी कार्यालयको प्रारम्भिक लागत सङ्कलन अनुसार करिब दश करोड बराबरको क्षति भएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालय आन्दोलनकारीले जलाइदिएका थिए ।

.gif)