sevenstartv.com २९ मंसिर २०८२, सोमवार

३६ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुल्ने अनिश्चित

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । 

मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् । हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेका छन् । 

३६ घण्टाभन्दा बढी समयदेखि  अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको जनाइएको छ । सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने स्पष्ट पारे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्