स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ । नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भवनलाई विश्वकै नमुनाको रूपमा लिइने गरिन्छ ।
विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको रूपमा यस भवन रहेको छ । सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

.gif)