sevenstartv.com २९ मंसिर २०८२, सोमवार

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

४ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

तुइन खोलामा रातभर पटक(पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ । झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु गरिएको छ । 

दुवैतर्फबाट एकएक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्