sevenstartv.com २९ मंसिर २०८२, सोमवार

बागमती नदी किनारमा एक पुरुषको शव फेला

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका-४ गडहिया घाटस्थित बागमती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान करिब ४०–४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन् । 

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्