sevenstartv.com २९ मंसिर २०८२, सोमवार

उपत्यका छाड्ने यात्रुको चाप बढ्न थाल्यो

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्षहरूमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् ।

पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको बताइएको छ ।  यात्रुको चाप बढेसँगै सेवाप्रदायक व्यवसायी पूर्णरूपमा तयार रहेको छ । यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि आवश्यक तयारी गरिएको जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्