sevenstartv.com २९ मंसिर २०८२, सोमवार

बिना बर्दीमा फर्किए प्रहरी

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भएको छ । 

जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाएका थिए । 

यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् । लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।

उपत्यकाको विभिन्न चोकहरूमा  रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्