जेन–जी आन्दोलनका क्रममा लगिएका सामान फिर्ता गर्न संसद सचिवालयको आग्रह
काठमाडौं । संघीय संसद् सचिवालयले भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।
संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।
भवन परिसरमा भएको आगजनी, तोडफोड एवं लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।

.gif)