sevenstartv.com २२ मंसिर २०८२, सोमवार

यस्तो छ आजको मौसम

२९ भदौ २०८२, आइतवार स्टार संवाददाता
काठमाडाैं । देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
 
दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्