रौतहटमा ६४ कैदी पक्राउ
काठमाडौं । रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरिरहेका छन् ।
हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन् भने सीमा सुरक्षा बल ९एसएसबी० भारतले १७ जनालाई नियन्त्रणमा लिएर नेपाल पठाइसकेको बताइएको छ ।
गौर कारागारमा कैद सजाय भुक्तान गरिरहेका २९१ कैदीमध्ये २७ जना मात्र कारागारमै रहेकामा अहिले ९१ जना कैदी कारागारमा छन् । अझै पनि करिब २०० जना कैदी फरार छन् । हाल रौतहटको समग्र अवस्था सामान्यतर्फ उन्मुख भएको र सदरमुकामसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षाकर्मी सक्रिय रहेको छ ।

.gif)