sevenstartv.com १ पुष २०८२, मङ्गलवार

तीनकुनेमा दुई जना मृत फेला

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुनेमा दुई जना मृत फेला परेका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । 

मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने प्रहरीले बताएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्