त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो १२ बजेसम्म बन्द रहने
काठमाडौं । देशको राजधानी काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो १२ बजेसम्म बन्द हुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएकोमा बन्दको समय थप गरेर आज दिउँसो १२ बजे पुर्यायाइएको हो ।
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।

.gif)