sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

नयाँ बानेश्वरमा हवाई फायर

२३ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जेनजीले सोमबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । यस्तै लाठीचार्ज समेत भएको प्रहरी स्रोतले बतायो ।

सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन् । निषेधित क्षेत्रमा पुगेर प्रदर्शनकारीहरू संसद् भवनको वाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्