sevenstartv.com २ पुष २०८२, बुधवार

चट्याङ लागेर एक जनाको मृत्यु

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर  हेटौँडा उपमहानगरपालिका-१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको मृत्यु भएको हो ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको प्रहरीले जााएको छ । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्