अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै
काठमाडौं । सेप्टेम्बर ५ अर्थात् अन्तर्राष्ट्रिय परोपकार दिवस। असहायको सेवामा जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गरी मनाइँदैछ ।
सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो। असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरूलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।

.gif)