गोंगबुको एक घरबाट चार करोड २५ लाख नगद र नौ किलो सुन बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद भएको छ ।
गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरामद भएको हो ।
यो रकम र धातु कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी र जिल्ला प्रहरी परिसरको टोलीले मंगबालर दिउँसो छापा हानी नगद र सुनसहित श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले लुकाएको पैसा र गहना संकलन गर्न प्रहरीलाई दिनभर लागेको थियो । प्रहरीले मेसिन नै लगेर पैसा गनेको थियो । प्रहरीको सूचनामा श्रेष्ठले सुन धरौटी राखेर मिटरब्याजमा पैसा लगानी गर्दै आएका थिए ।
प्रहरीले अनुसन्धान बाँकी हरेको भन्दै यो विषयमा थप विवरण दिएको छैन ।

.gif)