sevenstartv.com २ पुष २०८२, बुधवार

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज काठमाडौं ल्याइदै

१८ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन् । अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो ।

चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन् । अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन् ।

बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो । ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो । अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्