sevenstartv.com २ पुष २०८२, बुधवार

चर्चित गायिका इन्दिराको निधन

१८ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौंचर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । 

उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको बताइएको छ ।

उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन् ।उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको छ ।  श्रृद्धान्जलीका लागि राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ । उनको दुई छोरी छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्