sevenstartv.com २ पुष २०८२, बुधवार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।  छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । 

निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो ।

घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका–१ स्थायी बासिन्दा हुन् । 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्