करेन्ट लागेर एक महिलाको मृत्यु
काठमाडौं । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको हो ।
जंगली जनावर मार्नका लागि मकैबारीमा थापेको विद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको बताइएको छ । पार्वतीलाइ करेन्ट लागेको आफन्तले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र राखिएको प्रहरीले जनाएको छ ।

.gif)