sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कोशी ब्यारेजकाे ३८ ढोका खोलियो

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

बेलुका १० बजे गरिएको जल सतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको प्रहरीले बताएको छ । 

हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जल सतह लगातार बढिरहेकाले सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्