समृद्धिका लागि साहित्य, कला र संस्कृति अपरिहार्य : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिकको साझा थलो भएको बताएका छन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले सगरमाथा र हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन राष्ट्र नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष भूमिका रहने उल्लेख गरे ।
उनले नेपाली जनताको लामो सङ्घर्ष र त्यागबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व प्रज्ञा प्रतिष्ठानकै रहेको भन्दै संस्थाले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकास हाम्रो साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकारसमेत यसलाई प्राथमिकतामा राखेर प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

.gif)