बैतडीमा पहिरो, एक घर पुरियो
काठमाडौं । बैतडीमा वर्षासँगै खसेको पहिरोमा एक घर पुरिएको छ । आइतबार अपराह्न सुर्नया गाउँपालिका-२ कटनोली चौपातामा माथि रहेको कच्ची सडकबाट खसेको पहिरोले घर पुरिएको प्रहरीले जनाएको हो ।
स्थानीय गिरिस चन्दको दुई तले घर पुरिएको हो । घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएका छन् । उनका अनुसार घाइतेलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् । चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन् ।
अन्य घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ ।

.gif)