sevenstartv.com २ पुष २०८२, बुधवार

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बारामा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । रौटहतको गुजरा नगरपालिका-७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका-७ का २८ वर्षीय महेश पण्डितको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका-२ मा बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६-००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो । 

बा ९० प ६७९४ नम्बर को मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । दुर्घटनामा घाइते हुने भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्