sevenstartv.com २ पुष २०८२, बुधवार

कोशी ब्यारेजकाे ३१ ढोका खोलियो

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएका छन् ।

जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

पूर्वी पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्