sevenstartv.com २ पुष २०८२, बुधवार

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी : गृहमन्त्री लेखक

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेको बताएका छन् । 

शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरुका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको पनि बताएका हुन् ।

गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए । उनले भने, ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ ।’

अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्