sevenstartv.com ३ पुष २०८२, बिहिवार

दशैँका लागि सुकिला नोट भदौ २९ देखि वितरण गरिने

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही भदौ २९  देखि सुरू गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि १० असोजसम्म सञ्चालन हुने जनाएको हो ।

सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू ९विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी० तथा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट बैंकिङ समयभित्र सटही गर्न सक्नेछन् ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँ-तिहारजस्ता चाडपर्वहरूमा सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्दै आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्