लुम्बिनीको सांस्कृतिक नगरपालिकाका प्रमुख मुसलमानको निधन
काठमाडौं । लुम्बिनीको सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । ७० वर्षीय खानको आज बिहान ९ बजे निधान भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमाननगर प्रमुख खानको हृदयघातका कारण निधन भएको हो ।
नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए । बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए ।
परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए। सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

.gif)