स्वीमिङ पुलमा मृत फेला परे एक युवक
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवक मृत फेला परेका छन् । बिर्तामोड ३ का ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार स्वीमिङ पुलमा मृत फेला परेका हुन् ।
मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड-१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर प्रहरीलाई राति ८ बजे खबर गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

.gif)